images
images

नक्लली नाम र फोटो राखेर सुचना सम्प्रेषण गरेको प्रति कुलमानको आपत्ति 


  • 397
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    नक्लली नाम र फोटो राखेर सुचना सम्प्रेषण गरेको प्रति कुलमानको आपत्ति 

    काठमाडौं । नक्लली नाम र फोटो राखेर सुचना सम्प्रेषण गरेको प्रति कुलमान घिसिङले आपत्ति जनाएका छन् । घिसिङले आज एक विज्ञप्ति जारी गदै  आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् । 


     घिसिङले भने ‘मेरो आधिकारिक ट्वीटर ह्यान्डल रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको ब्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’। यसका साथै  ‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरू नगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’ उनले भने


    images
    images

    Logo