images
images

लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ् नियुक्त


  • 287
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ् नियुक्त

    लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ हजार अंकित दरले १ अर्ब रुपैयाँ बराबरको  ११ प्रतिशत एलबीबीएल डिबेञ्चर २०८९ जारी गर्ने भएको छ । 

    सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत  रहेको छ ।

    उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृति पश्चात निष्काशन गरीनेछ ।


    images
    images

    Logo