images
images

भक्तपुरमा चुनावको तयारी पुरा, १५ सय सुरक्षाकर्मी परिचालन


  • 395
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    भक्तपुरमा चुनावको तयारी पुरा, १५ सय सुरक्षाकर्मी परिचालन

    भक्तपुर । भक्तपुरका चार स्थानीय तहमा शुक्रबार हुने निर्वाचनको सम्पुर्ण तयारी भएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार, जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । 

    ती सबै मतदानस्थलमा सुरक्षाकर्मी सहितको कर्मचारीको टोली पुगेर मतदानस्थल निर्माणको कार्य अघि बढाइएको छ । निर्वाचनका लागि एक हजार पाँच सय सुरक्षाकर्मी र एक हजार कर्मचारी परिचालन गरिएको छ । 

    जिल्लाका ३७ मतदानस्थललाई संवेदनशील र बाँकी ४० वटालाई सामान्य रुपमा लिएर तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । निर्वाचनमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

    मतदानका दिन वर्षा हुन सक्ने सम्भावना भएका कारण खुल्ला ठाउँमा पालको व्यवस्था गरेर निर्वाचनको दिन सहज बनाउन, मतपेटिका, मतपत्र सुरक्षित राख्न आवश्यक सबै प्रक्रिया गर्न निर्देशन दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


    images
    images

    Logo