images
images

बैंकहरुले गरे जेठमा व्यजदर नबढाउने सहमति


  • 598
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    बैंकहरुले गरे जेठमा व्यजदर नबढाउने सहमति

    काठमाडौं । जेठ महिनामा बाणिज्य बैंकहरुले व्याजदर नबढाउने सहमति गरेका छन् । मंगलबार बसेको बैंकर्ष संघको बैठकले जेठ महिनाका लागि व्याजदर नबढाउने निर्णय गरेका हुन् । 

    संभको यस्तो निर्णयसँगै जेठ महिनाको निक्षेपको व्यजदरमा पनि वैशाखकै व्याजदरले निरन्तरता पाउने भएको छ । वाणिज्य बैंकहरुको हालको व्याजदर निक्षेपमा अधितम ११.०३ प्रतिशतले व्याजदर तोकिएको थियो । 

    त्यस्तै, मुद्दति निक्षेपको ब्याजदरमा १०.०३ प्रतिशत र साधारण बचतमा ६.०३ प्रतिशत कायम गरिएको थियो यसै अनुसार जेठ महिनामा पनि सोही व्याजदर लागु हुने भएको छ । वाणिज्य बैंकले ब्याजदर नबढाउने सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने भएका छ । बैंकहरुले गत चैत्र र बैशाखमा पनि व्यजदर स्थिर राखेका थिए । 


    images
    images

    Logo