images
images

पोखरा फाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


  • 350
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    पोखरा फाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । पोखरा फाइनान्सले १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो फाइनान्समा रहेको ३ संस्थापकले आफ्नो नाममा रहेको कुल १ लाख २० हजार ५ सय ५९ कित्ता शेयर किक्री गर्न लागेका हुन् । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने फाइनान्सले जनाएको छ ।

    संस्थापक शेयर विक्री गर्न चाहेन संस्थापकहरुमा शंकर पराजुलीको नाममा रहेको २७ हजार ६ सय ४९ कित्ता, यस्तै तेज बहादुर गुरुङको नाममा रहेको ३६ हजार ६ सय १० कित्ता र चिन्त बहादुर गुरुङको नाममा रहेको ५५ हजार ३ सय कित्ता शेयर विक्रीमा रहेको फाइनान्सले जनाएको छ । 

     


    images
    images

    Logo