images
images

इन्जिनियर गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 399
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    इन्जिनियर गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ६६ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले  मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।  
     
    ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई उनीहरुले भुक्तानी गरेको पाईएको आयोगले जनाएको छ । 

    यसका साथै नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्यसमेत गरेको देखिएको हुँदा आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयागले जनाएको छ ।


    images
    images

    Logo