काठमाडौं । सरकारले साताको २ दिन विदा दिने निर्णयलाई राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते बसेको बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि सातामा २ दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ ।
जेठ १ बाट हरेक सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म कायम हुनेछ भने कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ४.३० बजेसम्म रहने पनि राजपत्रमा जारी गरिएको सूचनामा उल्लेख छ ।