images
images

राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने 


  • 259
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निवृत्ति कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने भएको छ ।  सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई १ महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको छ ।

    सोमबार सुचना जारी गर्दै बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको बैंक खातामा मात्र भुक्तानी गरिने बताएको छ ।

    निवृत्तिभरण भुक्तानी सम्बन्धी कार्यविधिको दफा (८) को उपदफा (२) मा भएको व्यवस्थाअनुसार बैंक खातासम्बन्धी विवरण पेश गर्न बाँकी निवृत्तिभरकले संलग्न बमोजिमको फाराम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा विभागको  वेवसाइटमा बुझाउन आग्रह गरेको छ ।


    images
    images

    Logo