images
images

आज राति १२ बजेदेखि मौन अवधि सुरु, मौन अवधिभर के गर्न पाइन्छ, के गर्न पाइदैन ?


  • 440
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    आज राति १२ बजेदेखि मौन अवधि सुरु, मौन अवधिभर के गर्न पाइन्छ, के गर्न पाइदैन ?

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि भनेको मतदान हुने दिनको अघिल्लो २४ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । 

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ । मौन अवधि सुरु भएपछि कुनैपनि राजनीतिक दल वा कुनैपनि व्यक्तिले चुनावी प्रचारप्रसार गर्न पाइँदैन ।  

     मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउपनेए छ । आज रातीदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

    निर्वाचनको दिन सर्वजनिक सवारी र आन्तरिक उडान समेत बन्द रहनेछन् । यस्तै मौन अवधि सुरु भइसकेपछि  विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न पाइदैन । उम्मेदवार वा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्न अंकित चिन्ह जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न समेत नपाइने आयोगले जनाएको छ  ।

    मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार गरेमा आयोगले उम्मेदवारी रद्द गर्र्ने साथै १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ । 

    चुनावको दिन के के काम गर्न पाइन्छ

    सो दिन सार्वजनिक यातायात बन्द रहेपनि आपत्कालीन सेवा र अनुमति लिएका सवारी साधनहरु चलाउन पाइनेछ । आयाेगले चुनावको दिन उद्धार तथा सहायता उडान पनि हुने भनेको छ । 

    आयोगका अनुसार ७ महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्नेछन्।


    images
    images

    Logo