images
images

ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशन गर्न आयोगबाट अनुमति 


  • 545
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशन गर्न आयोगबाट अनुमति 

    काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशनको विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि नियमन आयोगमा निवेदन दिएकोमा आयोगले चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

    ङादी ग्रुप पावरले सिउरी न्यादी पावरको गत कात्तिक ११ मा हकप्रद शेयर निष्नकाशनको स्वीकृतिका लागि आयोगमा निवदेन पेश गरेकोमा पावरको कुल अधिकृत जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको बराबरको शेयर लगानी गर्न ङादी ग्रुप पावरको चुक्तापुँजी कुल चुक्तापुँजी ७० करोड ६९ लाख को १ः१.५ को अनुपातमा १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

    यसका साथै धितोपत्र बोर्डबाट सम्पूर्ण प्रक्रिया पुरा भई स्वीकृति भएपछि  कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।


    images
    images

    Logo