images
images

मुख्यमन्त्री पोखरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


  • 294
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    मुख्यमन्त्री पोखरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आयोगले तीन दिने प्रष्टीकरण सोधेको छ । मुख्यमन्त्री पोखरेलले निर्वाचन आचारसंहिता प्रतिकूल काम गर्नुभएको भन्दै आयोगले स्पष्टीकरण माग गरेको हो ।

    अनलाइन सञ्चार माध्यममा तपाईंबारे सार्वजनिक भएको सरकारी गाडी चढेर काँग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति आयोगको ध्यानाकर्षण भएको छ’ पत्रमा उल्लेख छ । निर्वाचन आचारसंहिता २०७८ को दफा ५ (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न हुँदैन’ आयोगको पत्रमा भनिएको छ ।

    सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिता विपरित हो वा होइन ?’ आयोगले सोधेको छ । तपाइँ गठबन्धनको चुनावी सभामा सहभागी हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारवाही हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले तीन दिनभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नुहुन निर्णयअनुसार अनुरोध छ ।’


    images
    images

    Logo