काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट बढ्दै जाँदा सरकार विरोधी प्रदर्शन समेत बढ्दै गएपछि उनले राजीनामा दिएका हुन् । उनको राजीनामापछि श्रीलंकामा अन्तरिम सरकार बन्नेछ ।
श्रीलंकाका कैयन स्थानमा सरकारविरोधी प्रदर्शन भएको थियो । राजपाक्षेत्रको राजीनामासँगै प्रदर्शन केही मथ्थर भए पनि अझै रोकिएको छैन । अहिले श्रीलंका विदेशी मुद्रा आयात नै गर्न नसक्ने अवस्थामा पुगेको छ । महँगी अत्यधिक बढेको छ । महँगो मूल्य तिर्न तयार हुँदा पनि उपभोग्य वस्तुको अभाव छ ।
उता श्रीलंकाले अहिले ५० अर्ब डलरभन्दा बढी विदेशी ऋण तिर्न बाँकी छ । यो रकम तत्काल तिर्न नसक्ने भन्दै श्रीलंकाले आफैँलाई टाट पल्टेको घोषणा गरिसकेको छ ।