काठमाडौं । इच्छाराज तामाङको सीटीसी महल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले सोमबार ३५ दिने सुचना जारी गर्दै १ सय ३२ वटा पसल कबल विक्रीमा राखेको हो ।
इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि पनि ३५ दिने सूचना निकालेर सावाँ ब्याज तिर्न भनेको थियो ।
तामाङले कोषलाई बुझाउनुपर्ने रकम लिलाम बिक्रीको सूचना जारी भएको समय भित्र बुझाएमा भने लिलाम प्रक्रिया रोकिने छ । सूचना जारी भएको अर्थात् सोमबारबाट ३५ दिनभित्र ऋण चुक्ता गरिसक्नुपर्ने छ।