images
images

मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने


  • 361
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने

    काठमाडौं ।  स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ  । 

    जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति  १२ बजे सम्मका लागि  बन्द गर्न लागेकाे बताएका छन् । 

    यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र  निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने बताए ।

    जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ  ।  


    images
    images

    Logo