काठमाडौं । मेगा बैंकमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकमा रहेका ४ संस्थापकहरुले आफ्नो नाममा रहेको कुल १ लाख २५ हजार ६ सय ८० कित्ता शेयर विक्री गर्न लागेका हुन् ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ ।
संस्थापक शेयर विक्री गर्न चाहने संस्थापकहरुमा रेवन्त कुमार बस्नेतको नाममा रहेको २९ हजार ५ सय ८५ कित्ता त्यस्तै पेम्बा छिरिङ भोटेको ५९ हजार १ सय ६५ कित्ता, कृष्ण सिंह लालाको ६ हजार ९ सय ३० कित्ता र त्यसैगरि उद्धव थापाले ३० हजार किित्ता शेयर विक्रीमा रहेको बैंकले जनाएको छ ।



