काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।