images
images

महालक्ष्मी लाईफ इन्स्योरेन्स विशेष साधारण सभा सम्पन्न, मर्जर कमिटी गठन  


  • 420
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    महालक्ष्मी लाईफ इन्स्योरेन्स विशेष साधारण सभा सम्पन्न, मर्जर कमिटी गठन  

    काठमाडौं ।  महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइतबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५ अर्ब र ३ अर्ब हुने गरी पूँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

    बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५ अर्ब गर्ने निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णय अनुसार पूँजी वृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमति लिएर विशेष साधारण सभा आह्वान गरेको थियो ।

    पूँजी वृद्धि योजना बमोजिम मर्जर र एक्वीजिशनपछि चुक्ता पूँजी ५ अर्ब र्पुयाउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको ५८ औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ ।


    images
    images

    Logo