images
images

काठमाडौंमा  वैशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक


  • 339
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    काठमाडौंमा  वैशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक

    काठमाडौं ।  स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशन गर्दै स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रहसमेत गरेको छ । 

    यसका साथै निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

    280086149_329301112559805_1495089868710315636_n.jpg

     


    images
    images

    Logo