काठमाडौं । रोमानियाका नेपालीले अब सिधै ईसेवामनी ट्रान्सफरबाट पैसा पठाउन सक्ने भएका छन् । संसारका दुई सय बढी मुलुकबाट प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको ईसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथममनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्त तथा इष्टमित्रलाई स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।
साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवावालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेण्टरनेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
ईसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।



