images
images

एनसीसीे बैकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 


  • 347
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    एनसीसीे बैकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी) ले  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । यस बैंकले चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतार शाखाप्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न गरेको हो । 

    कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाताखोली जम्मा गर्नु पर्ने ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा,पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पतीशुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैककाभुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रष्ट पारे ।

    दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमातर्फ अग्रसर बन्नु पर्ने कुरामाजोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराए । 

    १ सय जनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायतथुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्र्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक श्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधिबिमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताए । 
       
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र १ सय १४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ । 


    images
    images

    Logo