images
images

शुक्रबार सबै आन्तरिक उडान बन्द हुने, अन्तराष्ट्रिय उडान अवतरण भने यथावत रहने


  • 404
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    शुक्रबार सबै आन्तरिक उडान बन्द हुने, अन्तराष्ट्रिय उडान अवतरण भने यथावत रहने

    काठमाडौं । आगामी शुक्रबार सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायु सेवा सञ्चालक संघले प्रेस विज्ञप्ती जारी गर्दै वैशाख ३० गते स्थानिय तह निर्वाचनको दिन आन्तरिक तर्फको सबै उडान बन्द हुने जनाएको छ । 

    निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

    शुक्रबार सम्पुर्ण यातायात बन्द हुने भएकाले आन्तरिक तर्फको उडान पनि बन्द गरिएको हो । सो दिन अन्तराष्ट्रिय उडान अवतरण भने यथावत नै रहने संघले जनाएको छ । संघका अनुसार मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुने भएकाे  छ । 


    images
    images

    Logo