काठमाडौं । स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गुमेमा निजको परिवारलाई २० लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएपनि सरकारले उपचार खर्च व्यहोर्ने भएको छ । यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन्।
हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई भने प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय समेत सरकारले निर्णय गरेको छ ।