भक्तपुर । मानव कल्याण समाज (सेवा घर) को चौथो वार्षिक उत्सव कार्यक्रम सेवा घरको काभ्रेपलान्चोक शाखामा सम्पन्न भएको छ । धुलिखेल नगरपालिका(१२ का वडा अध्यक्ष हर्कबहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । वाषिर्कोत्सवका अवसरमा सेवा घरको हातामा वृक्षरोपण तथा दिप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रममा सेवा घरका अभिभावक तथा राष्ट्रिय सन्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, समाजसेवी तथा सेवा घरका अभिभावक खाइबा लामा र बिष्णु शर्मा, कलकल ग्रुप प्रालिकी प्रमुख कार्यकारी अधिकृत रगिता बस्नेत, स्वास्थ्यकर्मी पाण्डव अग्रवाल, अभिभावक गिता दाहाल लगायत स्थानिय समाजसेवीको उपस्थिति रहेको थियो ।
सोही अवसरमा काभ्रे शाखाको स्थापना कालदेखी सेवा घर सञ्चालन लागि भाडाको घर उपलब्ध गराउनुहुने घरबेटी रामहरी पौडेलजलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । वाषिर्कोत्सवकै अवसरमा जन्ममिति थाहा नभएका सेवाघरका १३ जना छोराछोरीको जन्मोत्सव समेत मनाइएको थियो ।

धुलिखेल वडा नम्बर ४ मा भाडाको घरमा संचालन भैरहेको सेवा घर हालसालै मात्र धुलिखेल नगरपालिकाले उपलब्ध गराएको धुलिखेल १२ मा रहेको जेष्ठ नागरिक भवनमा स्थानान्तरण भएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानियवासिहरुको उपस्थिति रहेको थियो ।
सेवा घरकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार, सडकमा बस्ने असाहाय र बेसहारालाई खाना ख्वाउने कार्यबाट शुरू भएको मानव कल्याण समाज (सेवा घर) अन्तरगत हाल भक्तपुरको झौखेल र नलिनचौक, कभ्रेको शंखु र दाङको घोराहीमा गरि दुई सयजनाले आश्रय लिइराखेका छन् ।
मुठ्ठी दान र मन्दिरमा चढाएका अविर, रंग लागेका चामल मागेर ख्वाएको स्मरणगर्दै चौलागाईले भनिन,सरकारी र विदेशी सहयोग वेगर पनि यतिका जनालाई पालन पोषण गर्न सकिन्छ जस्तो लागेको थिएन । स्थानीय सहयोगीहरूलृ तन, मन र धनको त्रीवेणिबाट साथ र सहयोग गरेकै कारण हामी यो अवस्थामा आइपुगेका हौ ।

कार्यक्रममा अध्यक्ष तामाङले काभ्रेस्थित सेवा घरका सबै आश्रितलाई दैनिक एक गिलास दूध ख्वाउन पाँच लाख रूपैयाँ उपलव्ध गराउने घोषणा गरेका थिए ।



