काठमाडौं । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । शेखरको शनिबार साँझ आफ्नै घरमा निधन भएको हो ।
उनको ७० वर्षको उमेरमा निधन भएको हो । उनी ४ वर्षदेखि फोक्सोमा भएको क्यान्सरको उपचार गराइरहेका थिए । गित २ महिनादेखि उनलाइ पित्तथैलीमा पत्थरी पनि भएको थियो । यसका बाबजुत पनि उनी स्वस्थ्य नै थिए शनिबार सकुसल बैठकमा बसेको समयमा उनको एन्कासी निधन भएको हो ।
नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।