काठमाडौं । नेपाल टेलिकमले ३० गते हुन लागेको स्थानीय निर्वाचनको लागि ९८ रुपैयाँमा ६ जीवी डाटा दिने भएको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको हो ।९८ रुपैयाँ मा आवश्यकता अनुसार भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले जनाएको छ ।
यो अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म लिग्न सकिन्छ । टेलिकमका अनुसार ३ दिनसम्म सबै नेटवर्कमा ९८ रुपैयाँले २ सय मिनेट कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, त्यस्तै तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँ मा उपलब्ध हुनेछ ।
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि ९८ रुपैयाँ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।



