काठमाडौं ।आचरण विपरीतकाम गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाही परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेकोले ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
काठमाडौंमा उपत्यकामा खटिएका एक जना म्यादी प्रहरीले बलात्कार गरेको आरोपमा हिरासतमा लिगेको छ । निर्वाचनको नियमका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन गरेकाले उनीहरूलाई कारबाही गरिएको हो ।
सरकारले निर्वाचन प्रयोजनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको छ भने खटिएवापत उनीहरूका लागि सरकारले ४४ हजार ४ सय ४० रूपैयाँ तलब तोकिएको थियो ।



