images
images

जित सुनिश्चित भइसक्यो, विज्ञसँग परामर्श लिएर अघि बढछुः सिर्जना सिंह


  • 679
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    जित सुनिश्चित भइसक्यो, विज्ञसँग परामर्श लिएर अघि बढछुः सिर्जना सिंह

    काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन् । 

    शुक्रबार काठमाडौमा आयोजित चुनावी सभामा बोल्दै काठमाडौंका समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श लिएर अगाडी बढने बताइन् । सिंहले काठमाडौँमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने प्रतिबद्धता गरेकी छिन् । 

    आफू मेयर भएपछि काठमाडौँका सबै टोल र गल्लीमा सडक बत्ती र सिसी टिभी जडान गर्नुका साथै काठमाडौँ महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


    images
    images

    Logo