images
images

 ब्याजदर बढेसँगै सेयर बजारमा नकारात्मक असर पर्योः अध्यक्ष गोल्छा


  • 343
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

     ब्याजदर बढेसँगै सेयर बजारमा नकारात्मक असर पर्योः अध्यक्ष गोल्छा

    काठमाडौं । ब्याजदर बढेसगैँ सेयर बजारमा नकारात्मक असर परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताएका छन् । शुक्रबार पुँजी बजार सम्मेलनमा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । 

    पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने बताए ।

    ५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उहाँले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताउँदै बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । उनले ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको बताए । उनले गैरआवसीय नेपालीलाई पुँजी बजारमा तत्काल भित्र्याउन, रियल सेक्टलाई पनि पुँजी बजारमा ल्याउन नियामकले आवश्यक काम गर्नुपर्ने बताए । 


    images
    images

    Logo