काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । पाँचथरको तुम्वेबा गाउँपालिका(४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोग जनाएको छ । अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेस गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको हो ।