काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाव हुने दिन सार्वजजिक साधन बन्द हुने भएको छ । निर्वाचन आयोगका अनुसार सो दिन अत्यावश्यक सेवाका बाहेक सवारीसाधन चलाउन नपाइने भएको छ । सार्वजनिक बाहेक काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्ने आयोगले जनाएको छ । पास बिनाका सवारीसधान चलाउन रोक लगाउन भएको छ ।
आयोगका अनुसार एम्वुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चाल सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवाहरुले अनुमति लिग्न नपर्ने जनाएको छ । यसका साथै शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने छन् ।
यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ ।



