काठमाडौं । नेपाल आयल निगमले नेपालमा एलपी ग्याँसको अभाव नरहेको बताएको छ । निगमका अनुसार हाल खपत भइरहेको औसत परिमाणभन्दा बढी एलपी ग्यास आयात भइरहेको दाबी गरेको छ । बजारमा उपभोक्ताले सहज रुपमा ग्यास नपाइरहेका बेला निगमले विज्ञप्ति जारी गर्दै विगतका महिनाको तुलनामा ग्यासको आयात परिमाण बढेको तथ्यांक समेत सार्वजनिक गरेको छ ।
निगमका अनुसार मार्चमा ७७ मेट्रिक टनभन्दा बढी र अप्रिलमा ८९ मेट्रिक टनभन्दा बढी एलपी ग्याँस आयात भएको जनाएको छ । बजारमा अभावको हल्ला गरी कृतिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजिएको भन्दै कानुनबमोजिम कारबारी गर्ने जनाएको छ ।