काठमाडौं । सर्वोच्च अदालतले आईजीपी नियुक्तिको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेको थियो । वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।
अब यो मुद्दाको बाँकी सुनुवाइ जेठ १७ पछि मात्र हुने हुँदा उक्त मुद्दाको अन्तिम किनारा लाग्न समय लाग्नेछ ।यसका साथै अदालतको यो आदेशले नवनियुक्त आईजीपी धीरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।