काठमाडौं । निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् ।
ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार भन्दै एसपी फिर्ता गरेको हो । बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गरेका थिए ।