images
images

मतदानस्थल भएका विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन


  • 412
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    मतदानस्थल भएका  विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

    काठमाडौं ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ ।

    मन्त्रालयले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदानकेन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

    मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    सोही अनुसार सबै स्थानीय तहमा पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न समेत आग्रह गरेको छ ।

    1651739101-7nk6W.jpg


    images
    images

    Logo