काठमाडौं । एनएमबि बैंक र योयो जिप लाईन बीच सम्झौता भएको छ । बैंकले योयो जिपलाईनसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिपलाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफिशपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशत सम्मछुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र योयोको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहकमा प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको www.nmb.com.np वेवसाईड गएर प्राप्तगर्न सकिनेछ ।



