images
images

नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस


  • 598
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआईजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआईजी राजु अर्याल महानिरीक्षक र अर्का एआईजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।


    images
    images

    Logo