images
images

बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह


  • 436
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ ।
      
    मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरेकी हुन् ।

    बुस्टर डोज नलाएकाहरुले मतदानस्थल नजिकै रहने खोप केन्द्रमा गएर खोप लगाउन समेत आग्रह गरेका छन् । खोप कार्ड सम्भव नभएको खण्डमा परिचय पत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था  मिलाइएको छ ।

     

     




    images
    images

    Logo