काठमाडौं । सुर्या लाइफ इस्योरेन्सले व्यतित बीमालेखमा बीमितलाई ३५ प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इस्योरेन्सका अनुसार २ वर्ष अघिदेखि बीमाशुल्ककाे नियमित किस्ता भुक्तानी हुन नसकेका बीमालेखमा ३५ प्रतिशत व्याज छुट दिइनेछ ।
यो छुट २०७९ साल बैशाख २१ गतेदेखि जेठ ३१ गतेसम्म लागु हुने इस्योरेन्सले जनाएको छ । सन् २०२२ मा परिपक्व हुने बीमालेखका हकमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जनाएको छ ।