काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई गरिएकाे नियुक्ति विरुद्ध दिएको रिटमा आज पहिलो सुनुवाई हुने भएको छ ।
एआईजी विश्वराज पोखरेलले वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च रिट दायर गरेका थिए । सो रिटलाई स्वीकार गर्दै सर्वोच्च अदालतले आज बुधबारको लागि मिति तोकेकाे थियोे ।