images
images

‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न जोड


  • 454
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न जोड

    काठमाडौं । ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न सरकारसमक्ष माग गरिएको छ । ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९’ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए । 

    सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकार डिजिटल नेपालको सपना साकार पार्ने बाटोमै अगाडि बढिरहेको बताउँदै सपना पूरा गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेका बताएका छन् । 

    उनले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माण गर्न सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष परिमार्जन गर्ने तयारी भइरहेको पनि बताए । प्रधानमन्त्रीका सञ्चार प्रविधिविज्ञ दिपेश विष्टले नेपाललाई पूर्णरूपमा डिजिटल नेपाल बनाउनका लागि सरकारीभन्दा पनि निजी क्षेत्र उत्तिकै जिम्मेवार रहेको बताए।  

    क्यान फेडेरेशनका पूर्वअध्यक्ष सुरेश कर्णले डिजिटल नेपालबारे सरकार आफैँले बनाएका नीति कार्यान्वयन गर्दै प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खानालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप नै प्राधिकरणले प्रत्येक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रमा तीव्र गतिको इन्टरनेट पुर्याउने कार्य गरिरहेको जानकारी दिए । 

    सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पुर्याए वापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इन्जिनीयर पञ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं सिन्धुलीलाई सोही अवार्ड प्रदान गरिएको छ । 

    पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरसमेतलाई प्रदान गरिएको छ । त्यसैगरी  ७० हजार रुपैयाँ राशिसहित विआइसी टेक्नोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो ।  


    images
    images

    Logo