काठमाडौं । हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । मंगलबार अदालतले नेपाल राष्ट्र बैंकका नाममा यस्तो आदेश जारी गरेको हो ।
हिमालयन बैंक र नेपाल इन्भेष्मेन्ट बैंकको मर्जर रद्द भएपछि राष्ट्र बैंकले लाभांश वितरण गर्ने रोकेको थियो । उक्त निर्णय विरुद्ध हिमालयन बैंकले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । नियमअनुसार बैंकले लाभांश वितरण गर्न दिन उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले परमादेश दिएको हो ।
हिमालयन बैकको आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र प्रयोजनार्थ ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । साधारणसभाको अधिकार राष्ट्र बैंकले खोसेको आरोप हिमालयन बैंक पक्षको छ। राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो।



