images
images

ऊर्जामन्त्रीले उद्योगीलाई भनिन्-' बिजुलीको समस्या क्षणिक हो, भोलिदेखि नै आपूर्ति सहज हुन्छ'


  • 479
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    ऊर्जामन्त्रीले उद्योगीलाई भनिन्-' बिजुलीको समस्या क्षणिक हो, भोलिदेखि नै आपूर्ति सहज हुन्छ'

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगहरुमा देखिएको विद्युत आपूर्तिको समस्या क्षणिक भएको बताउँदै भोलिदेखि नै आपूर्ति सहज हुने आश्वासन उद्योगीहरुलाई दिएकी छिन्। केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे ऊर्जामन्त्री भुसालले उद्योगी तथा व्यावसायीहरुसँग छलफलका क्रममा यस्तो बताएकी छिन्। 

    सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन्।“विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”

    विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरे । उनले भने, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”

    त्यसैगरी मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै हात्तिनुपर्ने अवस्था नहरेको बताए । उनले भने, “यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ ।” त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरेका थिए । उनले भने, “अहिलेको समस्या दुईचार दिनको हो, आत्तिनु पदैन, छिट्टै समाधान हुन्छ ।”

    छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराउनुभएको थियो । उनले भने, “विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुपर्यो ।” त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गरे  । 

     

     

     


    images
    images

    Logo