images
images

स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


  • 646
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं ।  नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।

    काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

    निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प्रयोग गरेको जानकारी आयोगलाई प्राप्त भएको सन्दर्भमा स्थापितलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

     


    images
    images

    Logo