काठमाडौं । एक वालेटबाट अर्को वालेटमा रकम ट्रन्सफर गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । बैंकले सोमबार बैंकले भुक्तानी प्रणलीमा संशोधन गर्दै वालेटमा रकम ट्रन्सफर गर्न कडाइ गरेको हो ।
राष्ट्र बैंकले क्रेडिट कार्डबाट वालेटमा लोड भएको रकम नगदमा झिकेर कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । बैंकले भुक्तनी प्रणलीमा संशोधन गर्दै क्रेडिट कार्ड मार्फत वालेटमा राखिएको रकम बस्तु तथा सेवाको विद्युतिय भुक्तानीको लागि मात्र प्रयोग गनुपर्ने जनाएको छ । अत्यावश्यक अवस्थामा भने बढीमा १० प्रतिशत मात्रै नगदमा झिक्न पाउने व्यवस्था सर्कुलरमा गरिएको छ ।
त्यस्तै, एउटा वालेटमा अर्को वालेटमा रकम ट्रान्सफर गर्दा समेत राष्ट्र बैंकले कडाइ गरेको छ । यसरी रकम ट्रान्सफर गर्दा ग्राहक पहिचान विवरण (केवाईसी) अनिवार्य भरेको हुनुपर्ने, विद्युतीय रुपमै साँचो रहेको स्वघोषणा गराउनुपर्ने तथा रकम ट्रान्सफरको प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।



