काठमाडौं ।नेप्सेले ब्रोकरमार्फत मार्जिन कारोवार कार्यविधि सुविधा संशोधन गरेकाे छ । नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि एक वर्षपछि कार्यन्वयनमा आएको हो ।शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्।
नेप्सेले बैशाख १५ गते बिहिबार नै सम्पूर्ण ब्रोकरहरुलाई संशोधित कार्यविधि लागु गरिएको बारे पत्राचार गरेको छ । बोर्डले संशोधन गरेर पठाएपनि कार्यविधि नेप्सेले तोकेको मितिबाट लागु हुने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले मिति तोकेर कार्यविधि लागु गरेको छ ।
मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत भन्दा बढी लाभांश दिएको कम्पनीलाई ब्रोकर मार्फत मार्जिन दिन सकिने धितोपत्र बोर्डले जनाएकाे छ ।



