images
images

प्रहरीका १९ उच्च अधिकारीले अवकाश पाउँदै, साढे ४ बजे बिदाइ


  • 460
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    प्रहरीका १९ उच्च अधिकारीले अवकाश पाउँदै, साढे ४ बजे बिदाइ

    काठमाडाैं । नेपाल प्रहरीको ९८ औं टोलीका १९ जना उच्च  प्रहरी अधिकारीहरु अवकाशमा जाने भएका छन् । २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले तीसवर्षे सेवाहदको कारण अनिवार्य अवकाश पाउने भएका हुन् ।

    अवकासमा जानेमा प्रहरी महानिरीक्षक (आईजीपी), चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), एघार प्रहरी नायव महानिरीक्षक (डीआईजी) र तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका छन् ।

    आज मध्यरातदेखि प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्न कुमार कार्की र वसन्त कुमार पन्त रहेका छन् ।

    त्यस्तै प्रहरी नायव महानिरीक्षकहरु घनश्याम अर्याल, इश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, सौरभ राणा र राजेन्द्रप्रसाद चौधरी पनि सेवानिवृत्त हुँदैछन् ।

    त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र वस्याल र नवराज भट्टले समेत तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने छन् ।

    अवकाश पाउन लागेका सबै उच्च अधिकारीको बिदाइ आज हुँदैछ । प्रहरी मुख्यालय नक्सालमा अपरान्ह साढे ४ बजे उनीहरुको बिदाइ कार्यक्रम राखिएको छ । यसअघि ३ बजे राखिएको भएता पनि आईजीपी नियुक्त गर्न ढिला भएपछि सो कार्यक्रम साढे ४ बजेलाई सारीएको हो । 


    images
    images

    Logo