images
images

५,१४,९६७ विद्यार्थी सहभागी भएको एसइई परीक्षा आजदेखि सकियो


  • 425
    SHARES
  • २०७९ बैशाख १७ गते शनिबार

    ५,१४,९६७ विद्यार्थी सहभागी भएको एसइई परीक्षा आजदेखि सकियो

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सकिएको छ । बैशाख ९ गतेखेखि सुरु भएको परीक्षा शनिबारदेखि सकिएको हो । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका प्रमुख अर्जुन रायामाझीका अनुसार बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको थियो । 

    बोर्डका अनुसार यस वर्षको परीक्षा सबै बेन्द्रहरुमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो ।  

    परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी थिए ।


    images
    images

    Logo