काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स खरिद गर्ने भएको छ । राष्ट्र बैंकले उक्त बिल्स सोझै खरिद गर्नका लागि आज बोलकबोल गर्ने भएको हो ।
राष्ट्र बैंकले २०६९ असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल बोलकबोल मार्फत सोझै खरिद गर्ने भएको छ । उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बैकले ट्रेजरी बिल्स खरिद शुक्रबार गर्ने भएकाे छ ।