images
images

साउनमा २१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह


  • 100
    SHARES
  • २०८३ आश्विन २ गते शुक्रबार

    साउनमा २१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातमै नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३/८४ को पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

    यो रकम अघिल्लो वर्षको साउनको तुलनामा २१.२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह बढेको छ । साउनमा १०.२ प्रतिशतको वृद्धि हुँदै १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल आएको छ ।

    रेमिट्यान्स आप्रवाहसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा भने केही फरक देखिएको छ । साउनमा ४२ हजार ६९३ जनाले पहिलोपटक वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

    त्यस्तै, विदेशमा रोजगारीका लागि पुनः जान २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४४ हजार ४६६ थियो भने पुनः श्रम स्वीकृति लिने २३ हजार ६४४ जना थिए ।


    images
    images

    Logo