images
images

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न


  • 143
    SHARES
  • २०८३ भाद्र ६ गते शनिबार

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौं । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ।

    प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ।

    विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाइँ भएको बताउँदै पछिल्लो समय रोपाइँमा सुधार आएको जानकारी दिए।

    उनका अनुसार अधिकांश स्थानमा रोपाइँ गर्न आकासे पानीकै भर पर्नुपर्ने अवस्था भए पनि मनसुन सुखद् रहेका कारणअघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेकाले उत्पादनमा वृद्धि हुन्छ।


    images
    images

    Logo